महेश सिंह, सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर ४ मा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। स्वच्छ र हरियाली वातावरणसहित समाज निर्माण गर्न सरसफाइ तथा वृक्षरोपण कार्यक्रम गरिएको हो।
पत्रकार बिमल ठाकुरको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरी रहेका थिए ।
प्रमुख अतिथि चौधरीले लहान नगरपालिका सरसफाइ नै लहानबासीको पहिचान रहेको बताए।