ललितपुर महानगरपालिकाले तिहारलाई लक्षित गर्दै आजदेखि फुटपाथमा पसल राख्न दिने भएको छ । बटुवाहरूलाई हिड्न गाह्रो भएको भन्दै सडक किनारमा राखिएका फुटपाथ पसल हटाएको महानगरले पसल राख्न दिने भएको हो ।
महानगरले स्थानीय स्तरमा उत्पादन भएका फूल, रङ, कपडा, जुत्ताचप्पल र तिहारमा प्रयोग गरिने सामग्रीको पसल राख्न दिने महानगरले निर्णय गरेको हो । आजदेखि फुटपाथ व्यापारीहरूले लगनखेल, मंगलबजार क्षेत्रमा पसल राख्न पाउने भएका छन् ।