आजदेखि सार्वजनिक बिदा सुरु भएको छ । अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ ।
सरकारले राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ । त्यसको भोलिपल्ट अर्थात् ११ कात्तिकमा शनिबार रहेकाले सार्वजनिक छ ।
१३ कात्तिकमा छठ पर्वको बिदा छ । सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउनेछ । यस वर्षको भाइटीका १० कात्तिकमा रहेको छ । टीकाको साइत बिहान ११ः३७ बजे रहेको छ ।