कात्तिक ९, २०७९ बुधबार

नेपालमा हाल सक्रिय पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आज दिउँसो  प्रदेश नं १,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा  मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश नं १, बागमती  र गण्डकी प्रदेशका थोरै  स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ। यी तीन प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ । 

भोलि भाइटीकाको दिन प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा शुक्रबार पनि हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।