बैशाख ६, २०७८ सोमबार

कलाकार मदनकृष्ण श्रेष्ठसहित उनको परिवारका पाँच जनामा कोरोना संक्रमण भएको छ।

कलाकार श्रेष्ठले आफूसहित परिवारका पाँचै जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको जानकारी फेसबुकमार्फत गराएका हुन्।

‘मलगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ,’ उनले उल्लेख गरेका छन्।

उनले कोरोना लागेपछि सास्ती हुने पनि उल्लेख गरेका छन्।

‘कोरोना भइसकेपछि सास्ती हुने रहेछ, त्यसैले यो भाइरसलाई खेलाँची नगर्नु होला, जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला,’ उनले लेखेका छन्।

उनले आफ्नो सोमबार परेको जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद पनि दिएका छन्।