कात्तिक ९, २०७९ बुधबार

काठमाडाैँ । रूपन्देहीका पत्रकार टेक मास्की रानाको निधन भएको छ । ३० वर्षदेखि रूपन्देहीलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशील रानाको बिहान निधन भएको हो ।

डेंगी संक्रमणसँगै जण्डिस, निमोनिया र मिर्गौलामा समेत समस्या देखिएपछि उनलाई असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको थियो । मास्की रानाको बिहान उपचारकै क्रममा अस्पतालमै निधन भएको पत्रकार महासंघ रूपन्देहीका सचिव बिनोद परियारले जानकारी दिए ।