कात्तिक ११, २०७९ शुक्रबार

काठमाडौँ । ‘नो नट अगेन’ अभियान सामाजिक सञ्जालमा  चर्भित भएको छ । निर्वाचन आयोगले रोक लगाएपछि आयोगको ‘आदेश’ लाई नकार्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले झन् जोडतोडले यसको प्रचारप्रसार गर्न थालेका छन् ।

पटक-पटक ‘टेस्टेड एन्ड फेलर’ भएका नेताहरूलाई फेरि निर्वाचित गर्नु हुँदैन भन्ने मर्म अभियानको हो । तर, केही नेताहरूलाई टार्गेट गरेर यसरी अभियान चलाउन नपाइने भन्दै निर्वाचन आयोगले कारबाहीको चेतावनी दिएको थियो । तर, आयोगको चेतावनीले झन् व्याकफायर गरेको छ ।

अहिले नो नट एगेन ह्यास ट्याग ट्वीटरको नेपाल ट्रेन्डिङको टपमा रहेको छ । अहिलेसम्म यो ह्यासट्याग प्रयोग गर्दै ११९६ वटा ट्विट भइसकेका छन् । केही चर्चित पब्लिक फिगरहरूले समेत यो अभियानको समर्थन गरेका छन् ।