काठमाडौँ । अहिले क्रिकेटर सन्दीप लामिछानेको बयान भइरहेको छ । न्यायाधीश माधवप्रसाद घिमिरेले जबरजस्ती करणीसम्बन्धी मुद्दाको थुनछेक आदेश गर्ने भएका छन्।
बयान सकिएपछि सोही इजलासले बहस सुनेर थुनछेक आदेश गर्ने छ। साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा थुनछेक आदेश हुने छ।