कात्तिक १५, २०७९ मंगलबार

भारत सरकारले नेपाललाई २ सय सवारीसाधन उपहारस्वरूप प्रदान गरेको छ । 


नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच नेपालका अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरूप प्रदान गरेका हुन् । यी सवारीसाधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्‍याउने विश्वास भारतले लिएको छ ।