कात्तिक १६, २०७९ बुधबार

काठमाडौँ । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र भूमिगत पार्किङमा व्यापारिक सामग्री राखेका घरधनीलाई पटकपटक त्यस्ता सामग्री हटाएर पार्किङका रूपमा प्रयोग गर्न आग्रह गरेको भए पनि अटेर गरेपछि डोजर लगाउन सुरु गरेको छ । सूचना नै दिएर भूमिगत पार्किङ खाली गर्न आग्रह गरिएको तर उनीहरूले दुई महिना बितिसक्दा पनि उक्त सूचनालाई लत्याएर अटेर गरेपछि घरमा डोजर लगाउन सुरु गरिएको महानगरले जनाएको छ ।