कात्तिक १७, २०७९ बिहिबार

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ ।


जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि बहस हुन लागेको हो । 

प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।