समृद्धि फाइनान्समा नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) पदमा गोकर्ण प्रसाद दुवाडी नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समितिको वैठकले दुवाडीलाई डिसीईओ नियुक्त गरेको हो ।
वित्तीय क्षेत्रको व्यवस्थापकीय भुमिकामा रही करिब १८ वर्षभन्दा बढी लामो अनुभव सम्हालेका दुवाडीले यस भन्दा अगाडि नेको इन्सोरेन्स लिमिटेडमा प्रमुख व्यवस्थापकको रुपमा रही कार्य गरेका थिए ।
साथै, हालै सो संस्थाका प्रमुख व्यवस्थापक विनोद राज पौडेलको नायव महाप्रबन्धक पदमा बढुवा भएको छ ।