कात्तिक १७, २०७९ बिहिबार

काठमाडौं । बंगलादेशमा जारी यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार दिउँसो सवा ४ बजे भुटानसँग प्रतिस्पर्धा गर्दै छ ।


नेपाल भुटानलाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ भने भुटान पनि पहिलो जितको खोजीमा रहेको छ ।

मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८–० ले हराएको थियो ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५, भुटानसँग नोभेम्बर ९ र नोभेम्बर ११ मा पुनः बंगलादेशसँग खेल्नेछ ।