लोकप्रिय कृप्टोकरेन्सी बिटक्वाइनको मूल्य बीस हजार तीन सय त्रियासी अमेरिकी डलरमा आएको छ। अक्टोबरको अन्तिम साता वृद्धिको संकेत देखाएको बिटक्वाइन अन्त्यको २ दिन र नोभेम्बरमा भने गिरावट आएको छ। २१ हजार पुगेको बिटक्वाइन नोभेम्बर २ मा २०३८३ मा आएको छ।
पछिल्लो ३ महिनामा बिटक्वाइनले २१ हजारको बिंदु कटाउन सकिरहेको छैन।
बिटक्वाइन गत १ वर्ष देखि निरन्तर घटिरहेको छ।
