सेञ्चुरी कमर्सियल बैंक र दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख व्यापार प्रवर्द्धन अधिकृत शंकर केसी र दराज केयमुका पेमेन्ट प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका हुन् ।
बैंकमा खाता रहेका ग्राहकहरूले दराजको ११.११ अभियानमार्फत अनलाइन सामान खरिद गर्दा बैंकको डेबिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २,५०० रुपैयाँसम्मको छुट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३,००० रुपैयाँसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।
उक्त छुट प्राप्त गर्नका लागि ग्राहकहरूले आफ्नो कार्डको ई–कमर्स सेवा सुचारु गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार उक्त योजना नोभेम्बर ११, २०२२ (कात्तिक २५ गते) देखि लागू हुनेछ ।