कात्तिक १७, २०७९ बिहिबार

प्रभु बैंक र मुस्ताङस्थित होटल मुस्ताङ ताज एण्ड थकाली किचेनबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । 

बैंकका जोमसोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका प्रोप्राइटर योगेश शेरचनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरूले होटल मुस्ताङ ताज एण्ड थकाली किचेनद्वारा सञ्चालित ‘फुड’, ‘वेभरेज’ र ‘लजिङ’  सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । 

उक्त सम्झौताअन्तर्गत होटल मुस्ताङ ताज एण्ड थकाली किचेनमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरूले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका उल्लेखित सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ  ।