कात्तिक १७, २०७९ बिहिबार

आज नेप्से परिसूचकमा १६ अंकको गिरावट आएको छ । उसो त नेप्से सूचक दोहोरो अंकले घटेको यसदिन कारोबार रकम समेत ९० करोड तल झर्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन ८९ करोड ८९ लाख ७ हजार रुपैयाँ बराबरको २७ लाख ६७ हजार ५३९ कित्ता सेयर कारोबार भएको छ । 


आज जीवन बीमा समूह र निर्जीवन बीमा समूहको उपसूचक बाहेक अन्य सबै उपसूचकहरु ऋणात्मक भएका छन् । सबैभन्दा बढी आज हाइड्रोपावर समूहको उपसूचक १.३७ प्रतिशतले घटेको छ भने फाइनान्स समूहको उपसूचक १.२१ प्रतिशतले र डेभलपमेन्ट बैंक समूहको उपसूचक १.१९ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक १.२२ प्रतिशतले घटेको छ । 

आज युनिलिभर नेपाल लिमिटेडका सेयर धनीहरूले ६.५६ प्रतिशतले कमाएका छन् भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले ४.९४ प्रतिशतले गुमाएका छन् ।