कात्तिक १७, २०७९ बिहिबार

हिमालय एयरलाइन्सले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार १३७ जना यात्रु बोकेर मलेसियाको क्वालालम्पुरका लागि पहिलो उडान सुरू गरेको छ ।


मलेसियाबाट दिउँसो १२ः३० बजे भैरहवा विमानस्थल अवतरण गरेको हिमालयको जहाज ३ बजे भैरहवाबाट क्वालालम्पुरका लागि उडेको हो।

एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरू गर्न पाउँदा उत्साहित भएको बताए।