कात्तिक १८, २०७९ शुक्रबार

राधी जलबिद्युत कम्पनी लिमिटेडले असोज ५ गतेदेखि असोज २५ गते गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको हकप्रद सेयर कार्तिक १७ गते बिहिबार बाँडफाँड सम्पन्न भएको छ । 

कम्पनीले १ः१.४७ को अनुपातमा १०० रुपैयाँ अंकित दरका ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । 

रितपूर्वक आवेदन दिने ३८ हजार ५०५ जना सेयरधनीहरूलाई ८२ लाख ३५ हजार २३३ कित्ता सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । अवितरित १३ लाख ५२७ कित्ता सेयर कम्पनीले लिलामीमा ल्याउने छ । 

आफ्नो हकभन्दा बढि सेयरमा आवेदन गर्ने सेयरधनीहरुको रकम कार्तिक २० गतेबाट फिर्ता गर्ने कम्पनीले जनाएको छ । 

कम्पनीले प्रकाशन गरेको सूचनाः

6364986fab118.jpg