चर्को ब्याजदरविरूद्ध व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरूको विभिन्न संघहरूले ब्याजदर बृद्धिको विरुद्धमा आज माइतीघरमा आन्दोलन गरिरहेको छ । महासंघले अहिले ११ बजेदेखि ब्याजदर वृद्धिको विरोधमा शान्तिपुर्ण विरोध प्रदर्शन गरेको हो ।
यसै क्रममा व्यवसायीहरूले वर्तमान बैंक, वित्तीय समस्या समाधानका लागि ध्यानाकर्षण जनाउँदै प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन् । प्रेस विज्ञप्तिमार्फत् सम्बन्धित निकाय समक्ष ५ बुँदे माग समेत पेश गरिएको छ ।
यस्ता छन् मागहरू
- ब्याजदर: निक्षेप ब्याजदर बढाउंदैमा निक्षेप बढेन । अतः उद्योगका लागी एक अंकमा बढी नहुने र व्यापारमा १ र २ प्रतिशत मात्र थप गरी लिन पाइने गरि लगानी योग्य पूंजीको शिघ्र व्यवस्थापन माग गर्दछौँ ।
- बैंकहरुको खर्च न्यून गरि स्पेड दर ३ ५ भित्र रही जोखिमका आधार मा आधार दरमा बढीमा २५ मात्र थप प्रिमियम लिन पाइने व्यवस्थाको माग गर्दछौं ।
- बैंकहरुले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एल।सीरनेगोसिएसन शुल्कमा दोब्बर वृद्धिलाई अन्तः गरि गत वर्षको भन्दा बढी लिन नपाइने माग गर्दछौँ ।
- हाल भएका कर्जाहरुलाई यस आर्थिक वर्षसम्म पुनःतालिकरण गरि, ब्याज बुझाउने म्याद ३५ दिन सम्मलाई नियमित मान्ने र लिलाम गर्ने प्रक्रियालाई हाल स्थगित गर्न माग गर्दछौँ ।
- हालको बाह्य र आन्तरीक कारणको असहज समय उपयुक्त नभएकोले चालु पूंजी कर्जा निर्देशिका स्थगितको माग गर्दछौँ ।
प्रेस विज्ञप्ति हेर्नुहोस् :

