कात्तिक १८, २०७९ शुक्रबार

काठमाडौँ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडा सदस्य पदमकुमारी नेपालीको निधनमा गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको हो । दाँत दुख्ने समस्याले गिँजा पाकेपछि सिकिस्त भएकी वडा सदस्य नेपालीको बुधबार राति सुनसरीमा निधन भएको थियो ।