कीर्तिपुरमा बिहीबार राति करिब ९ बजे त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानअगाडि देखिएको चितुवाका कारण मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्।
चितुवाले बाटो काट्दै गरेको देखेपछि मोटरसाइकलले ब्रेक समात्दा लडेर चालक घाइते भएका हुन्। दुर्घटनामा घाइते भएका चालक निशान्त चौधरी खतरामुक्त छन्। उनी कामबाट कीर्तिपुर–३ समलस्थित डेरामा फर्किरहेका थिए ।