रुसको कोस्ट्रोमा शहरको भिडभाडयुक्त नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । एक व्यक्तिले छतमा फ्लेयर बन्दुक हानेपछि बार, रेस्टुरेन्ट र ठूलो डान्स फ्लोरमा भएको मनोरञ्जन स्थलमा स्थानीय समयअनुसार शनिबार दिउँसो २ बजे आगलागी भएको तास समाचार संस्थाले जनाएको छ ।