काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बकपत्र गराउन अदालतले मंसिर ७ गते बोलाएको छ । यसअघि प्रहरीले सोधपुछ गरेका व्यक्तिलाई अदालतले बकपत्रका लागि बोलाउन भनेको हो ।
अदालतले सन्दीपका सहकर्मी क्रिकेटर देव खनाल र साहव आलमलाई मंसिर ७ गते बकपत्रका लागि झिकाउन सरकारी वकिल कार्यालयलाई प्रहरीमार्फत झिकाउन भनेको हो । सन्दीपले पीडित किशोरीलाई देव खनालमार्फत चिनेको खुलेको छ । यस्तै साहव पनि सन्दीपसँग हुँदा किशोरीसँग फोनमा कुरा गरेको पाइएको अभियोग पत्रमा उल्लेख छ । यसअघि प्रहरीले पनि उनीहरूसँग बयान लिएको थियो ।
यस्तै अदालतले किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई पनि अदालतमा उपस्थित गराउन भनेको छ । अदालतले किशोरीको स्वास्थ्य जाँचको बारेमा थप बुझ्न उनीहरूलाई बोलाउन आदेश दिएको हो ।