कात्तिक २०, २०७९ आइतबार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य एकैदिन १४ सय रूपैयाँले बढेको जनाएको छ ।


यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रूपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ कायम थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्यमा समेत भारी वृद्धि देखिएको छ । महासंघले आइतबार एकैदिन चाँदीको मूल्य तोलामा ५० रूपैयाँ बढेको जनाएको छ । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय ७५ रूपैयाँ कायम भएको छ ।