अफगानिस्तानमा सडक दुर्घटनामा परेर २ जना चिकित्सकसहित ७ जनाको ज्यान गएको छ । अधिकारीहरूले दिएको जानकारीअनुसार अफगानिस्तानको लाघमान प्रान्तमा शनिबार सो सडक दुर्घटना भएको थियो ।
खामा प्रेसले दिएको समाचारअनुसार लाघमान प्रान्तको दालत साह जिल्लामा सो दुर्घटना भएको थियो र त्यस दुर्घटनामा थप ३ जना घाइते भएका छन् । कार दुर्घटनामा ती व्यक्तिको ज्यान गएको अधिकारीहरूले जनाएका छन् । सो दुर्घटनाको अनुसन्धान जारी रहेको बताइएको छ ।
त्यसैगरी शुक्रबार पनि अफगानिस्तानको उत्तरी सहर सालाङमा अर्को एक दुर्घटनामा परेर ३ जनाको ज्यान गएको छ । यहाँका सडकको दुरावस्था तथा सवारी सञ्चालनको लापरबाहीका कारण यहाँ बारम्बार सवारी दुर्घटना हुने गरेको छ ।