कात्तिक २०, २०७९ आइतबार

काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ।

बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो। नेदरल्याण्डससँग पराजित दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएपछि पाकिस्तान र बंगलादेशको सेमिफाइनलको ढोका खुलेको थियो।

एडिलेटमा आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तानले अन्तिम चारको यात्रा तय गरेको हो।

बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर १ बलमा ५ विकेट गुमाएर १ सय २८ रन पूरा गर्‍यो।