कात्तिक २०, २०७९ आइतबार

अमेरिकामा गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन् ।  फिलाडेल्फियाको केन्सिङ्टन र एलेगेनी क्षेत्रमा गोली चल्दा घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

उनीहरूको चोटका आधारमा विभिन्न अस्पतालहरूमा लगिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै रिपोर्टले जनाएको छ ।

गोलीकाण्डबारे विस्तृत विवरण आउन बाँकी रहेको र प्रहरीले अनुसन्धान गरिरहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।