कात्तिक २०, २०७९ आइतबार

बैंकहरूको निक्षेप संकलन ४ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार कार्तिक १७ गते, बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । कार्तिक १६ गते, बुधबारसम्म  बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५१ खर्ब ५३ अर्ब रूपैयाँ रहेको थियो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ३ अर्बले बढेर ४५ खर्ब ३९ अर्ब पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी स्थिर रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ४७ खर्ब ५५ अर्ब रूपैयाँ छ । 

 बैंकहरूको औसत कर्जा( निक्षेप अनुपात (सीडी रेसियो) ८७.१८ प्रतिशतबाट घटेर ८७.१३ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । 

6367659f9fc80.JPG