कात्तिक २०, २०७९ आइतबार

काठमाडौं । सर्वोच्च अदालतले ‘नो नट अगेन’ सम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । निर्वाचन आयोगलाई कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेशमार्फत कारण देखाऊ आदेश दिएको हो ।


सामाजिक सञ्जालमा ‘नो नट अगेन’ पेज बन्द गराउन निर्वाचन आयोगले निर्देशन दिएपछि सो निर्णयको विरुद्धमा अधिवक्ता दिनेश त्रिपाठी र अनिल आचार्य सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि आयोगले त्यस किसिमका पेज बन्द गर्न निर्देशन दिएको थियो । अदातलको आदेशपछि फैसलाको लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।