कात्तिक २१, २०७९ सोमबार

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। 

सोमबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मंगलबार पनि देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।