कात्तिक २१, २०७९ सोमबार

काठमाडौं: इलेक्ट्रिक बस र्‍यापिड ट्रान्जिट (ईबीआरटी) सञ्चालन र व्यवस्थापनको सम्भाव्यता अध्ययनका लागि लगानी बोर्डले बोलपत्र आह्वान गरेको छ। बोर्डले चक्रपथमा इलेक्ट्रिक बस सञ्चालन अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो।

इच्छुक कम्पनीले बोर्डको कार्यालयमा निवदेन पठाउनु पर्नेछ। इच्छुक कम्पनीहरूले अन्य सहायक कम्पनीहरूसँग सहकार्य गरेर पनि निवदेन दिन सक्नेछन्।

तोकिएको मापदण्ड पूरा गरेको एउटा कम्पनीलाई बोर्डले सम्भाव्यता अध्ययन गर्न स्वीकृति दिनेछ। जसले १८ महिनामा अध्ययन सकेर प्रतिवेदन तयार पार्नु पर्नेछ। उक्त आयोजना पूर्णतया सरकारको लगानीमा बन्ने बताइएको छ। 

ईबीआरटी सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने सरकारको तयारी छ। चक्रपथको २७.३० किमिमा ईबीआरटी लागू गर्नका  लागि अध्ययन गर्न लागिएको हो ।