प्रिमियर लिग क्लब लिभरपुलका मुख्य प्रशिक्षक जोर्गेन क्लोपले मोहमद सलाह विश्वकै उत्कृष्ट खेलाडी मध्य एक भएको बताएका छन् । प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा टोटेनहमविरुद्ध दुई गोल गरेका थिए ।
उक्त खेलमा लिभरपुलले टोटेनहमलाई २–१ गोल अन्तरले हराएको थियो । ‘सलाह विश्वकै उत्कृष्ट खेलाडी मध्यका एक हुन् । उनले टोटेनहमविरुद्धको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरे । क्लबका लागि उनी महत्वपूर्ण खेलाडी हुन् । उनले क्लबका लागि धेरै खेलमा महत्वपूर्ण जित दिलाएका छन्,’ क्लोपले भने ।
पछिल्लो समय लिभरपुल प्रिमियर लिगमा खराव फमबाट गुज्रिरहेको छ । च्याम्पियन्स लिग फुटबलमा उत्कृष्ट प्रदर्शन गरेको लिरपुल प्रिमियर लिगमा भने १३ खेलबाट १९ अंक जोड्दै आठौं स्थामा छ ।