नेपाल राष्ट्र बैँकले आफ्नो उपदान तथा पेन्सन कोषको २५ करोड रूपैयाँ विभिन्न बैंकहरूमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । एक सूचना जारी गर्दै केन्द्रीय बैँकले कात्तिक २७ गतेदेखि आगामी वर्ष २०८० कात्तिक २७ गतेसम्म कुल ३६६ दिनका लागि उक्त रकम मुद्दतीमा राख्न लागेको जनाएको छ ।
सूचनाअनुसार कुल निक्षेपमध्ये २० करोड रूपैयाँ ‘क’ वर्गको वाणिज्य बैंकहरुका लागि, ३ करोड ७५ लाख रूपैयाँ विकास बैंकहरुका लागि र १ करोड २५ लाख रूपैयाँ ग वर्गका वित्तीय संस्थाहरूका लागि छुट्याइएको छ ।