कात्तिक २१, २०७९ सोमबार

सिद्धार्थ बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका २ जना संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको कुल ६ लाख ५९ हजार एक सय ७० कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

बैंकले यसअघि एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, हात्तीसार, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

 बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

63689ff9b8a7c.JPG