कात्तिक २१, २०७९ सोमबार

काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न कैलालीमा चुनाव अवधिभर मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

आइतबार राति १२ बजेदेखि १५ दिनसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो ।

यस अवधिमा मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गरेमा कानूनबमोजिम कारबाही गरिने जनाइएको छ ।