जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि ९यूएनएफसीसीसी० को पक्ष राष्ट्रको २७औं सम्मेलन ९कोप–२७० को सोमवारदेखि शुरू भएको ‘उच्चस्तरीय सत्र’मा मंगलवार पनि विश्व नेताहरूले सम्बोधन गर्ने क्रम जारी रहने छ ।
‘उच्चस्तरीय सत्र’ स्थानीय समय अनुसार बिहान १०ः३० बजेदेखि शुरू भई दिउँसो १ बजेसम्म चल्नेछ ।
‘उच्चस्तरीय सत्र’मा दोस्रो दिन मंगलवार विभिन्न मुलुकका ५४ राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूले आफ्नो राष्ट्रिय मन्तव्य दिने कोपको सचिवालयले जनाएको छ ।
उच्चस्तरीय सत्रमा पहिलो दिन सोमवार सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेरसले जलवायु सम्बन्धी विपद् रोक्नका लागि सबैलाई आग्रह गरेका थिए । ‘उच्चस्तरीय सत्र’को पहिलो दिन विभिन्न मुलुकका ४७ राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूले आफ्नो राष्ट्रिय मन्तव्य दिएका थिए ।
‘उच्चस्तरीय सत्र’को अन्त्यमा युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीको भिडियो सन्देश देखाइने कार्यक्रम छ । कोप–२७ आइतवारदेखि औपचारिक रूपमा शुरू भएको हो । इजिप्टको शार्म एल–शेखमा कात्तिक २० देखि शुरू भएको सम्मेलन मंसिर २ गते ९नोभेम्बर ६ देखि १८ तारिख २०२२० सम्म हुनेछ । ‘उच्चस्तरीय सत्र’पछि विभिन्न विषयका वार्ता र छलफल हुनेछन् ।
सम्मेलनको विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ ९कोप २६० सम्म भएका सम्झौता, निर्णय र प्रतिबद्धतामा आधारित भएर समावेशी र महत्त्वाकांक्षी परिणामहरू दिने लक्ष्य तथा उद्देश्य छ ।
उत्सर्जन न्यूनीकरण, अनुकूलन प्रयासलाई बढावा दिने र उपयुक्त वित्तको बढ्दो प्रवाह माध्यमबाट विश्वव्यापी जलवायु कार्यलाई गति दिने समेत सम्मेलनको लक्ष्य कोपको सचिवालयले जनाएको छ ।
सम्मेलनमा पृथ्वीको तापक्रम वृद्धि १।५ डिग्री सेल्सियसमा कायम गर्ने मार्गमा विश्वका सबै राष्ट्रहरू ऐक्यबद्ध हुने, यस वर्ष ग्लास्गो प्याक्टको कार्यान्वयन र राष्ट्रिय निर्धारित योगदान ९एनडिसिज० र न्यूनीकरणका महत्त्वाकांक्षी लक्ष्यका कार्य योजना तयार गर्ने, अनुकूलनका विश्वव्यापी लक्ष्यमा सहमत हुने र कोप २६ मा सहमत भएको अनुकूलन वित्तको कार्यान्वयन गर्ने बारेमा छलफल र निर्णय हुनेछ ।
कोप–२७ मा वित्तसम्बन्धी सबै एजेण्डा अगाडि बढाइ जलवायु वित्तका विषयमा महत्त्वपूर्ण प्रगति गर्ने, सन्तुलित रूपमा ठोस नतिजा प्राप्त गर्न वार्तामा सम्झौतालाई सुधार र सहजीकरण गर्नु, हानी नोक्सानीसम्बन्धी काम गर्ने संयन्त्र ९सेन्टियागो नेटवर्क०, हानी तथा नोक्सानी सुविधा सम्मेलनका एजेण्डा छन् ।
नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको नेतृत्वमा सहभागिता जनाएको छ ।