काठमाडौँ: सरकारले चुनावको मुखैमा केही सचिवको सरुवा गरेको छ।
सरुवा हुनेहरूमा दिनेश घिमिरे, सुशील तिवारी, रामप्रसाद थपलिया र दामोदर रेग्मी रहेका छन्।
घिमिरे ऊर्जा आयोगबाट ऊर्जा मन्त्रालयमा सरुवा भएका हुन् भने तिवारी ऊर्जा मन्त्रालयबाट ऊर्जा आयोगमा सरुवा भएका हुन्।
यसैगरी, थपलिया भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका हुन्।
यस्तै, रेग्मी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका हुन्।