कात्तिक २२, २०७९ मंगलबार

चाइना साउथर्न एयरलाइन्सले नेपालमा फेरि उडान सुरु गर्ने घोषणा गरेको छ। एयरलाइन्सले आगामी नोभेम्बर २९ देखि ग्वान्झाउ–काठमाडौं–ग्वान्झाउ उडान सुरु गर्ने घोषणा गरेको हो । 

कम्पनीले विज्ञप्तिमार्फत भनेको छ, "चाइना साउथर्न एयरलाइन्सले ग्वान्झाउ–काठमाडौं ग्वान्झाउ उडान सञ्चालन नोभेम्बर २९ बाट पुनः सुरु गर्दैछ । हामी यो घोषणा गर्न पाउँदा खुसी छौं ।’

कम्पनीले यात्रुहरुको स्वागत गर्न आतुर रहेको पनि बताएको छ । कोरोना महामारीका कारण सो एयरलाइन्सको सेवा लामो समयदेखि बन्द थियो ।