सुदूरपश्चिम तथा मध्यपश्चिमका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राति ०९ बजेर ०७ मिनेटमा डोटीमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज आसपासमा केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पपछिको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन । उक्त भूकम्पपछि राति ०९ः५५ बजेको समयमा पराकम्प समेत महसुस गरिएको डोटीका शंकर बोगटी र स्याङ्जाका हरि पौडेलले नेपालमार्गलाई जानकारी दिए ।