काठमाडौं । भन्सार छली अवैध रूपमा लैजान लागेको सुनसहित एक युवक पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा लुकाईछिपाइ भन्सार छली लैजान लागेको अन्दाजी ६५ ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको बेरूवा औंठी ३ थानसहित काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–४ घर भएका ३१ वर्षीय सुरेश तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका तामाङको गतिविधि शंकास्पद देखिएकोले उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा उक्त परिमाणको धातु भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।