कात्तिक २३, २०७९ बुधबार

न्युजिल्यान्डलाई पराजित गर्दै पाकिस्तान टी(ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

अस्ट्रेलियामा जारी प्रतियोगितामा ७ विकेटको जीत दर्ता गर्दै पाकिस्तानले फाइनलमा स्थान पक्का गरेको हो । 

अब उसले उपाधिका लागि भारत र इंग्ल्यान्डबीचको अर्को सेमीफाइनलको विजेतासँग खेल्नेछ ।

१५३ रनको विजयी लक्ष्य पाकिस्तानले ५ बल बाँकी छँदा ३ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि मोहम्मद रिजवान र बाबर अजमले अर्धशतकीय योगदान गरे ।

न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले २ तथा मिचेल सन्टनरले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५२ रन जोडेको थियो ।