निर्वाचन आयोगले प्रतिनिधि सभा उम्मेदवार तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न कुनै पनि निर्देशन नदिइएको जनाएको छ ।
बुधवार आयोगले कार्कीलाई घन्टी बोकेर चुनाव प्रचार नगर्न भनेको समाचार सञ्चारमाध्यममा आएपछि आयोगले यसबारे प्रष्ट पारेको हो ।
आयोगको आधिकारिक फेसबूकपेजमा भनिएको छ,' प्रतिनिधिसभा सदस्य उम्मेदवार तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न निर्वाचन आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारिन्छ।'
कार्कीले ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएकी छन् ।