कात्तिक २४, २०७९ बिहिबार

सानिमा माई हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा सामान्य गिरावट आएको छ ।

उक्त विवरण अनुसार पहिलो त्रैमाससम्ममा कम्पनी २३ करोड २४ लाख १९ हजार रुपैयाँ कामाएको छ जुन गत आर्थिक बर्षको तुलनामा ४.४२ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २४ करोड ३१ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले ३२ करोड १७ लाख ३८ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ यस्तो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ६.४३ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३४ करोड ३८ लाख ६२ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

 त्यस्तै, कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८ करोड ९२ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन अर्निङको आकार १ अर्ब १५ करोड ४२ लाख ३० हजार रुपैयाँ रहेको छ । पहिलो त्रैमासम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ७.५२ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ पुगेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

636c4e5cdea3b.jpg