युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । इन्स्योरेन्सको विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।
सेयरधनीहरुले इन्स्योरेन्सको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् ।
उक्त अवधिभर लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ ।