कात्तिक २४, २०७९ बिहिबार

दोश्रो बजारमा कारोबार रोक्का रहेको कम्पनीहरूको सेयर कारोबार तुरून्तै खुल्ने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन० ले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ लागू गर्दै यस्तो बताएको हो ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्नेरगाभिने तथा प्राप्ति गर्ने भएमा बोर्डबाट पूर्व स्वीकृति लिनु पर्ने व्यवस्था सहित संगठित संस्था एकआपसमा गाभ्नेरगाभिने तथा प्राप्ति गर्ने सम्बन्धी अन्य व्यवस्था निर्देशिकामा उल्लेख भए बमोजिम हुने व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्डले “धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९” कार्तिक २४ गतेदेखी लागू हुने गरी स्वीकृत गरिएको छ ।

निर्देशिकामा भनिएको छ :
शेयर कारोबार फुकुवा सम्बन्धी विशेष व्यवस्था: (१) यो निर्देशिका प्रारम्भ हुनु अघि गाभ्नेरगाभिने वा प्राप्ति प्रक्रियामा रहेका कारण शेयर कारोवार रोक्का रहेका संगठित संस्थाको आधारभूत शेयरधनी बाहेक अन्य शेयरधनीको शेयर कारोवार फुकुवा गर्नुपर्नेछ ।

 (२) उपदफा (१) बमोजिम आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोवार फुकुवा गर्न संगठित संस्थाले आधारभूत शेयरधनीको विवरण सहित धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था समक्ष निवेदन दिनुपर्नेछ ।

(३) उपदफा (२) बमोजिम प्राप्त निवेदनको आधारमा धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले संगठित संस्थाको आधारभूत शेयरधनी बाहेकको शेयर कारोवार तत्काल खोल्ने व्यवस्था गर्नुपर्नेछ ।

(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित नियमनकारी निकायले शेयर कारोवार रोक्का राखेको भएमा सम्बन्धित नियमनकारीको सहमतिमा आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोवार फुकुवा गर्न सकिनेछ ।

पूर्ण निर्देशिका हेर्नुहोस् :
636ca29ee7b96.jpg

636ca2a34bd8c.jpg

636ca2a822f32.jpg

636ca2ad93f18.jpg

636ca2b256172.jpg

636ca2b9a96a4.jpg

636ca2c2e279e.jpg

636ca2c91b221.jpg

636ca2d07832a.jpg