कात्तिक २५, २०७९ शुक्रबार

काठमाडौं । हेलास भेरोनालाई पराजित गर्दै युभेन्ट्स विश्वकप अघिको विश्राममा इटालियन सिरी ए को चौथो स्थानमा उक्लिएको छ ।

बिहीबार राति १० खेलाडीमा सिमित युभेन्ट्सले भेरोनालाई १-० ले पराजित गरेको हो । युभेन्ट्सको जितमा मोइस केअनले ६०औं मिनेटमा निर्णायक गोल गरे ।

खेलको अन्तिममा एलेक्स सान्ड्रोले रातो कार्ड पाउँदा युभेन्ट्स १० खेलाडीमा सीमित भयो ।

जितपछि युभेन्ट्स १४ खेलबाट २८ अंक सहित चौथो स्थानमा रह्यो । समान खेलबाट ३८ अंक बनाएको नापोली शीर्षस्थानमा छ । भेरोना रेलिगेशन क्षेत्रमा छ ।