कात्तिक २५, २०७९ शुक्रबार

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले शुक्रबार साँझसम्म नेपाली राष्ट्रिय क्रिकेट टोलिको नयाँ कप्तानको टुंगो लाग्ने बताएका छन् । नेपालले यूएईसँग शृंखला खेल्नुअघि नयाँ कप्तानबारे निर्णय हुन लागेको हो ।

मल्लका अनुसार शुक्रबार छनोट समितिको बैठक बस्दै छ । बलात्कारको आरोप लागेका कारण तत्कालीन कप्तान सन्दीप लामिछानेलाई क्यानले निलम्बन गरेपछि उक्त पद रिक्त छ । सन्दीप मुद्दा पुर्पक्षका लागि थुनामा छन् ।

तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ललाई अनुशासन कारबाही गर्दै पदबाट हटाएर सन्दीपलाई जिम्मेवारी दिइएको थियो । त्यतिवेला दीपेन्द्रसिंह ऐरीलाई पनि कारबाही गर्दै उपकप्तानबाट हटाइएको थियो ।

ऐरीको स्थानमा रोहित पौडेलले उपकप्तानको जिम्मेवारी दिइएको थियो । पछिल्लो राष्ट्रिय टोलीमा दीपेन्द्र, ज्ञानेन्द्र र रोहित तीनै जना थिए । स्रोतका अनुसार यीमध्ये एक जनालाई कप्तानको जिम्मेवारी दिइनेछ ।