कात्तिक २७, २०७९ आइतबार

पाकिस्तानले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनल खेलमा इङ्ल्यान्डलाई १३८ रनको लक्ष्य दिएको छ । मेलबर्नमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनायो ।


पाकिस्तानका लागि सान मक्सोदले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै कप्तान बाबर आजमले ३२ रन बनाउँदा सादब खानले २० रनको योगदान गरे । इङ्ल्यान्डका लगि श्याम करनले तीन विकेट लिए । त्यस्तै आदिल राशिद र क्रिस जोर्डानले दुई–दुई विकेट लिए । त्यस्तै वेन स्टोकले एक विकेट लिए ।


आजको खेलमा जित निकाल्दै पाकिस्तान दोस्रो पटक विश्वपक उपाधि उचाल्ने योजनामा छ । यता इङ्ल्यान्ड पनि दोस्रो उपाधिको पर्खाइमा छ । पाकिस्तानले सन् २००९ को विश्वकप जितेको थियो भने इङ्ल्यान्डले सन् २०१० को विश्वकप जितेको थियो ।