कात्तिक २८, २०७९ सोमबार

नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेलमा आज त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गर्ने भएको छ । आजको खेलमा दुई खेलाडीले डेब्यू गरेका छन् । नेपालका लागि अर्जुन साउँद र हरिशंकर शाहाले डेब्यू गरेका हुन् । 


आजको खेलमा जित निकाल्दै नेपाल सिरिजमा सहज सुरुवात गर्ने योजनामा छ । यसअघि नेपालले यूएईसँग ६ एकदिवसीय खेल खेलेको छ । जसमा नेपालले दुई खेलमा जित निकालेको छ भने यूएईले चार खेलमा जित निकालेको छ ।